काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान पुर्याएको बताएका छन्।

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।



उनले गैरआवासीय नेपाली नागरिकहरु (एनआएन)लाई दिएको प्रमाणपत्र कामकाजीको नभई कागज मात्र भएको उल्लेख गर्दै त्यसलाई कामकाजीको बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
आफू प्रधानमन्त्री भएकै बेला गैरआवासीय नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले उक्त कोषमा हालसम्म १ सय २० अर्ब रुपैयाँ जम्मा भइसकेको बताए।
उनले गैरआवासीय नेपाली नागरिकको सामाजिक कोषमा जम्मा भएको रकमको सदुपयोग गर्ने जिम्मेवारी सरकार र राजनीतिक नेतृत्वको भएको बताए।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्ने ऐतिहासिक आवश्यकता महसुस रहेको अध्यक्ष दाहालको भनाइ छ। उनले आर्थिक समृद्धि हासिल गर्न एनआएनसँग भएको स्रोतको सदुपयोग गर्दै ऐतिहासिक सहकार्य आवश्यक रहेको बताए।
एनआएरएनएको नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिलकुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बू (तिगेला) चयन भएका छन्।