
कैलाली । सहकारी भनेको सहकार्य हो । एकआपसमा सहकार्य गरेर अप्ठ्यारो परेको बेला सारथीका रुपमा उभिनु सहकारीको धर्म हो । कतिपयले सहकारी भन्नेवित्तिकै वचत संकलन र ऋण लगानी गरेर नाफा कमाउने संस्थाको रुपमा बुझ्ने गर्छन ।



झनै पछिल्लो समय सहकारीप्रति आम मानिसको धारणा बदलिंदो छ । सहकारीले बदमासी गरेका खबरहरु सार्वजनिक भइरहेका छन् । विश्वसनीयता माथि प्रश्न उठेको छ । तर सुदुरपश्चिममा पृथक पहिचान बनाएको किसान वहुउद्देश्यीय सहकारी संस्थाले भने तारिफ कमाइरहेको छ ।किसान बहुउद्देश्यीय सहकारीका बहुसंख्यक सदस्य संस्था प्रति खुसी छन् । २८ बर्षे यात्रा पार गरिसकेको संस्थाले ब्यवसायिक मात्र होइन सामाजिक रुपमा पनि उत्तरदायी भूमिका निर्वाह गरिरहेकोप्रति सदस्यहरु खुलेरै तारिफ गर्न रुचाउँछन् ।





२०५२ कार्तिक १७ गते स्थापना भएको किसान सुदुरपश्चिमका सात वटा जिल्ला र लुम्बीनी प्रदेशको बर्दियासम्म शाखा बिस्तार गर्न सफल भएको छ । सहकारीमा ७८ हजार बढी शेयर सदस्य छन् । संस्थाले हाल ४२ शाखाबाट लघुवित्त कार्यक्रम अन्र्तगत सेवा दिंदै आएको छ ।संस्थापक नन्दा शाही भन्छिन्,‘हामीले शुरुमा पाइनापल विस्टुक बेचेर संस्था बचाएका हौं । शुरुमा एक हजार शेयर खरिद गर्न अरुची देखाउनेहरु अहिले संस्थाबाटै करोडपती भएका छन् । हाल संस्थाको प्रगति देख्दा खुशीले शब्दहरु ब्यक्त गर्न सक्दिन ।’

हुन पनि २८ बर्षको दौरानमा संस्थाको कुल सम्पत्ति ५ अर्ब २५ करोड ६५ लाख माथि पुगेको छ । संस्थाले प्रकाशित गरेको २०८० असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयरपुँजी ३९ करोड ९८ लाख, जगेडा कोषमा २० करोड ६ लाख र अन्य विभिन्न कोषहरुमा ५६ करोड ६५ लाख रकम पुगेको छ ।संस्थाको बचत संकलन ३ अर्ब २२ करोड ७५ लाख, र ऋण लगानी ४ अर्ब १२ करोड ४० लाख पुगेको छ । असार मसान्तमा संस्थामा २७.१२ प्रतिशत (८६ करोड ४७ लाख ६२ हजार ७६९ रुपैया) तरलता कायम रहेको छ । कुल ७८ हजार ६८२ जना शेयरसदस्य रहेको संस्थाका ३३ हजार ९७५ जना सदस्यले ऋण लिएर कारोबार गरिरहेका छन् ।

संस्थाका महाप्रवन्धक डम्बर बहादुर शाह किसानको इतिहास गौरवमय रहेको बताउँछन् । ‘किसानलाई यहाँसम्म आउनुमा संस्थापक मात्र होइन तमाम शेयर सदस्यहरुको पनि उत्तिकै मेहेनत छ । अहिले सहकारीमा देखिएको समस्याको असर हामीले चिरेर अघि बढीरहेका छौं । बचतकर्ता वा शेयर सदस्यहरुको विश्वास जितेका छौं । संस्थालाई थप शसक्त र प्रविधिमैत्री बनाएर लैजान महत्वकांक्षी योजनाहरु अघि सारेका छौं’,उनले भने,‘संस्था स्थापनाका दुःख सम्झिदा अहिले गर्व लाग्छ । अझै काम गर्ने हुटहुटी जागेर आउँछ ।’संस्थामा लगभग तीनसय कर्मचारीले सेवा दिइरहेका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत शुन्य क्लबहरुको गठन, सुत्केरी स्याहार खर्च, काजक्रिया खर्च, आगलागी पीडितलाई राहत, मृत्युलाभ खर्च उपलब्ध गराइरहेको शाहले बताए ।


नेपालभर र भारतमा समेत रकम निकाल्न सकिने सुविधा मिलाएको छ । त्यसबाहेक एसएमएस, ट्यावलेट बैंकिङ, क्यूआरमार्फत पनि सेवा दिइरहेको छ ।कोप मार्ट र एग्रो विजिनेससंस्थाले पूर्ण स्वामीत्वमा कैलालीको लम्कीमा गत बर्षको बैशाखबाट ‘किसान कोप–मार्ट’ संचालनमा ल्याइसकेको छ मार्टमा सुपथ मुल्यमा खाद्यन्न, तकारी तथा दैनिक उपभोग्यका सबै सामानहरु उपलब्ध गराइरहेको छ । मार्ट सार्बजनिक विदा, चाडपर्ब र शनिबार समेत गरी बर्षको ३ सय ६५ दिन नै बिहान ८ बजे देखिराति ९ बजेसम्म संचालन भइरहेको छ । अन्य दर्शन स्थानमा मार्ट संचालनमा ल्याउने संस्थाको तयारी छ ।


उनले अगाडि भनेका छन्,‘हाम्रा सदस्यका बेरोजगार छोराछोरीहरुलाई उद्यमी बनाउने लक्ष्यसहित नविन कार्यक्रम सन्चालनमा ल्याएका छौ । नबिन कार्यक्रमबाट हाम्रा सदस्यका बेरोजगार छोराछोरीहरुले निशुल्क प्राविधिक तालिम पाउनुका साथै व्यवसाय स्थापनाका लागि ऋण स्वरुप बिउ पुँजी समेत प्राप्त गर्नेछन् । सदस्यहरुलाई व्यवसायिक कृषितर्फ आकर्षितगरि उहाँहरुको आयस्तर बृद्धि तथा ऋणमा पहुँच बृद्धिका लागि तीन जना कृषि प्राविधिकमार्फत उन्नत कृषि खेती प्रविधि तथा व्यवसायिकरण बारे विभिन्न बालीहरुमा तालिम प्रदान गरिरहेको छ ।’समुदायमा वित्तिय सेवाबाट बिमुख र कृषिमा आश्रित भई जिविको पार्जन गर्न उत्सुक सदस्यहरुलाई वित्तिय तथा गैर वित्तिय सेवामार्फत सबल बनाई उनीहरु संगसंगै माथि उठ्ने संस्थाको मुल ध्येय रहेको अध्यक्षले शाहले बताएका छन् ।

त्यसका साथसाथै संस्थाले लघुवित्त कार्यक्रमलाई नेपालकै नमूना प्रविधियुक्त लघुवित्त बनाउने, कार्य क्षेत्रका सम्पूर्ण स्थानिय तहका सबै वडाहरुमा सेवा विस्तार गर्ने, कुल परिवार संख्याको कम्तीमा ८० प्रतिशत घरधुरीमा सेवा पु¥याउने, एक घर एक स्वरोजगारका नारामार्फत गरिबी स्तर न्यूनीकरणमा सघाउने सपना पनि संस्थाले लिएको जनाइएको छ ।
समुदायमा वित्तिय साक्षरता, कोषलाई नियमित वृद्धि, संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई सामाजिक सुरक्षा योजना सेवा विस्तार, सदस्यहरुलाई उद्यमी बन्न प्रेरित गर्ने, कृषि उत्पादन तथा उत्पादन पश्चातका मुल्य श्रृखला सेवाहरुका लागि कृषक सदस्यको आय बृद्धिका कार्यक्रमहरु संचालन गर्ने संस्थाले सपना बनाएको छ ।

