काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ।

यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो (बिहीबार) सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


