डडेल्धुरा । राष्ट्रिय दलित पत्रकार संघ डडेल्धुराको दोश्रो अधिवेशन सम्पन्न भएको छ।

CP-HOSPITAL

शनिबार डडेल्धुरा जिल्ला सदरमुकाममा सम्पन्न अधिवेशन बाट विरेन्द्र वि.क.को अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन।

त्यसैगरी भेलाले उपाध्यक्ष सरस्वती सुनार,सचीव भरत चुनारा,काेषाध्यक्ष सुनिता पार्की सहित ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज करन ताम्राकारले जानकारी दिए।

भेलाले  केन्द्रिय प्रतिनिधिमा लोकेन्द्र वि.क.,भरत कैनीलाइ चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा धनी कोलि,भोज वि.क.र वसन्ती कैनी चयन भएका छन। भेलाको उदघाटन सत्रमा प्रमुख अथिती राष्ट्रिय दलित पत्रकार संघका सुदूरपश्चिम इन्चार्ज करन ताम्राकार रहेका थिए भने विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा सचीव भीम दाहाल तथा प्रेस चौतारीकि जिल्ला अध्यक्ष लक्ष्मी ऎर रहेकी थिइन।

राष्ट्रिय दलित पत्रकार संघको देशैभर ६५ जिल्लामा संगठन रहेको र बाँकी जिल्लाहरूमा पनि संगठन निर्माण गरिने इन्चार्ज ताम्राकारले बताए