भजनी । कैलालीको भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । २ दिन देखी परेको अविरल वर्षाका कारण भजनी क्षेत्र डुबानमा परेको हो ।

निरन्तरको वर्षाले बौनिया भजनी सडक खण्ड अन्तर्गत भजनी ६ को महादेउलीमा अत्याधिक पानीले सडक अवरुद्ध भएको छ यस्तै कान्द्रा नदीमा आएको बाढीले भजनी क्षेत्रका विभिन्न स्थान डुबानमा परेको छ ।

घर, विद्यालय लगायतका थुप्रै संरचना जलमग्न भएका छन् । कान्द्रा नदीमा आएको बाढीले भजनी न.पा ७ चर्रा स्थित श्री गणेशमान नमुना आ.बि. जलमग्न भएको छ ।भारी वर्षाका कारण कैलालीका नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकोले होचा तथा तटीय क्षेत्रहरूमा बसोबास गर्ने समुदायले उच्च सतर्कता अपनाउन जरुरी रहेको छ ।