धनगढी । कैलालीमा बस र हायस ठोकिदा दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका– १० पहलमानपुरमा बस र हायर ठोकिएका हुन।

जिल्ला प्रहरी कार्यालय, कैलालीले सुदूरपश्चिम प्रदेश ०१–००१ ख ६३९७ नम्बरको बस र कर्णाली प्रदेश ००१ ज ०६३९ नम्बरको हायस ठोकिएका बताएको छ।



कैलाली प्रहरीले गोदावरी नगरपालिकाको तेघरीका हायस चालक भुवनबहादुर महरासहित नौ जना घाइते भएका बताएको छ। उनीहरुको घोडाघोडी अस्पताल सुखडमा उपचार हुँदैछ।