कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा ५० प्रतिशत लागत साझेदारीमा विभिन्न कृषि सामाग्री वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको ५० प्रतिशत लागत साझेदारीमा कृषि सामाग्री वितरण गरिएको हो ।

कृषि सामग्री वितरण कार्यक्रम किसान जागरण ब्लक समन्वय समिति बर्दगोरिया ६ का अध्यक्ष नरेश बहादुर डगौराको अध्यक्षतामा भएको हो । जसको प्रमुख अतिथि पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहनुभएको थियो ।



विशिष्ट अतिथिहरूमा कृषि ज्ञान केन्द्र कैलालीका कार्यालय प्रमुख टेक बहादुर विष्ट, बर्दगोरीया गाउँपालिका ६ नम्बर वडा अध्यक्ष राम कृष्ण डगौरा थारु र कृषि ज्ञान केन्द्र कैलालीका सहायक सूचना अधिकारी दुर्गा प्रसाद ओझा रहनुभएको थियो ।
कार्यक्रममा १५ थान स्प्रे ट्याङ्की ११ थान बोरिङ मोटर र २ थान पावर ट्रेलर ट्याक्टर वितरण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री चौधरीले कृषिलाई आधुनिकीकरण गर्दै बेमौसमी तथा अर्ग्यानिक कृषि गर्न तिर लाग्नुपर्ने बताउनु भयो, अहिले विभिन्न रोगको कारणको रूपमा जुन हामीले दैनिक उपभोग गर्ने अन्नबाली तथा तरकारीमा प्रयोग गरिने विषादी तथा विभिन्न प्रकारका मलहरुको कारण अहिलेको समयमा धेरै हाम्रा समाजका नागरिकहरुलाई क्यान्सरको पीडा भोगिरहेको बताउनु भयो यो समाधानका लागि सरकारले दीर्घकालीन योजना बनाऊनुपर्ने बताउनु भयो ।
उपस्थित कृषकहरूले सरकारबाट आफूलाई ५० प्रतिशत भएपनि अनुदान सहयोग पाउँदा खुसी व्यक्त गरे । यस्तै विभिन्न वक्ताहरुले यो ५० प्रतिशत अनुदानलाई सरकारको श्रोतले भ्याए सम्म अब पूर्णरुपमा निःशुल्क गरिनुपर्ने जोड दिनुभयो ।