बर्दगोरिया । बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाम परिसरमा आजदेखी पहिलो पटक महाशिवरात्री धार्मिक मेला२०८१ को उद्घाटन भएको छ ।

महाशिवरात्री धार्मिक मेला व्यवस्थापन समिति अध्यक्ष हरिराम डगौराको सभापतित्वमा भएको कार्यक्रम बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका सचीव नवीन ढुंगानाको स्वागत मन्तव्य सँगै सुरु भएको थियो ।



कार्यक्रमको प्रमुख अतिथीको रूपमा बर्दगोरिया गाउँपालिका २ न वडा अध्यक्ष गोबिन्द बि क रहेका थिए । बिशिष्ट अतिथिमा बर्दगोरिया ६ न वडा अध्यक्ष राम कृष्ण डगौरा रहेका थिए । यस्तै अतिथिहरुमा कार्यपालिका सदस्यहरु ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख बिर बहादुर थापा विभिन्न संघ संस्थाका प्रतिनिधि वडघर भलमन्सा लगायतको उपस्थिति रहेको थियो ।
मेलालाई भव्य र व्यवस्थित बनाउन स्वयम् सेवक तथा सुरक्षाकर्मी टोली परिचालन गरिएको आयोजकले जनाएको छ ।
आज फाुगन १२ गते देखि शुरू भएको महाशिवरात्री मेला फागुन १६ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ । जस अन्तर्गत मेलामा रातीको समयमा भारतीय नौटङ्की प्रस्तुत हुने र दिउँसो रामलीला प्रस्तुत हुने पनि आयोजकले बताएको छ ।