बौनिया ।  कैलालीको पुरानो धार्मिक क्षेत्र बर्दगोरिया  गाउँपालिका-२  मा रहेको बर्दगोरिया धाममा पहिलो वर्ष यसपटक महाशिवरात्री मेला लाग्ने भएको छ ।  बर्दगोरिया विकाश क्षेत्र संरक्षण मञ्चका अध्यक्ष जगराम थारुको अध्यक्षतामा  बैठकवसी सो मेलाको बारेमा जानकारी गराईएको छ ।

बर्दगोरिया धाममा लाग्ने महाशिवरात्री मेला फागन १२ गते देखी १६  गते सम्म सञ्चालन हुने बताइएको छ । ४ दिन सम्म चल्ने मेलामा यस वर्ष दिनमा रामलिला र रातिमा  नौटङ्की नाचको   प्रदर्शन रहने आयोजक बर्दगोरिया विकास क्षेत्र संरक्षण मञ्चका अध्यक्ष तथा मेला संयोजक जगराम चौधरीले जानकारी दिए ।

बर्दगोरिया धाममा महाशिवरात्री मेला यस वर्ष पहिलो वर्षको रूपमा सञ्चालन हुनेहुदा नौटङ्की नाच सहित रामलिला  समेत देखाइने आयोजकले जानकारी दिएको छ ।

छलफलमा स्थानीय व्यावसायी, बुद्धिजीवि, र भल्मन्साहरु लगायतले धारणा राखेका थिए । पौराणिक महत्वको बर्दगोरियामा धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि उनीहरुले जोड दिएका थिए ।  भेलाले भारतको धार्मिक रामलिला झाँकी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

के छ बर्दगोरियाको धार्मिक महत्व ?

बर्दगोरिया धाममा महाशिव रात्री मेला २०८१ भर्न हजारौँ स्थानीय तथा श्रद्धालु भक्तजन आउने गर्दछन् । यहाँ पहिलो वर्ष महाशिवरात्री मेला लाग्ने भएको छ  ।

महा शिवरात्री मेला नलाग्दा पनि  यहाँ कैलाली र बर्दिया जिल्लाका मानिसहरु पुजा गर्न  आउने गर्दथे । त्यससँगै भारतका तिकुनिया, शिघाईंबाट भक्तजन बर्दबाबाको पूजाआराधना गर्न र पर्यटकहरु मेला अवलोकनका लागि आउने गर्दथे । देश संघीयतामा गएपछि संघीय संरचना अनुसार स्थानीय तहको पुर्नसंरचनाका क्रममा नामाकरण गर्दा वि.सं.२०७३ सालमा बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नाम रहन गएको हो ।

यहाँ पौराणिक महत्वका धार्मिक मठमन्दिर तथा सम्पदाहरु अझैपनि छन् । पौराणिक महत्व बोकेको कन्याराजाको दरबार, साइबाबा मन्दिर, शिव मन्दिर, कुवा अवस्थित छन् । कन्याराजाले पछि सो दरबार छोडेर गएपछि दरबार भत्किएर रहेका इटाहरुबाट अहिलेका मन्दिरहरु निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको अधिकांश भक्तजनहरु बताउँछन् ।

करिब १८.५१ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुईवटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरुलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् । बर्दगोरियामा पर्यटकीय क्षेत्रका रुपमा पिरुवा, पुरैना ताल, रामजानकी मन्दिर, झरझरिया, ठाकुरद्वार पिकनिक स्थलको प्रचारप्रचार गर्न मेला लाग्ने गर्दछ ।

थारु भाषामा गोरु लाई ‘बर्द’ भनिने र भगवान पर्वाती र नान्दीले ध्यान गरेको हुनाले सो धार्मिक स्थलको नाम बर्दगोरिया धाम रहन गएको स्थानीयको भनाइ छ ।