लम्की । कैैलालीको जोशीपुर गाउँपालिका बस्ने मंगल बहादुर चौधरी उदास मुद्रामा एक कार्यक्रममा सहभागी भए । मंगलबार सो कार्यक्रम थियो उनकी धर्मपत्नी मिना चौधरीको शोकसभा ।

जिवनसाथी गुमाएको पिडा पोख्ने र मन बुझाउने बाटो खोजि रहेका मंगलका लागि त्यो सभा सान्तवना र सहानुभुतीको मलम लगाउने सभा थियो ।

उनकी मृतक पत्नी किसान बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य थिईन । संस्थाबाट ऋण लिएर घरेलु उद्यम गर्दै दुख जेलो गरेरै भएपनि सुखका साथ परिवार चलेको थियो । दैवको लिला कसले देखेको हुन्छ र । एक दिन नसोचेकै भयो ।

निष्ठुरी कालले उनको अर्धाङ्गीनी मिनालाई चटक्क चुडेर लग्यो ।पिडामा रन्थनिएका बेला आँशु पुछ्न किसान बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारी मंगलको घरमै पुगे ।

शुरुमा त मंगललाई किसानको यो साथ ढाढस मात्रै हो भन्ने लागेको थियो । शोक सभाका बिचमा सहकारी संस्थाले उनकी धर्मपत्नीको फोटो सहित सान्तवना रकम रु.३,४८,८६२।– हस्तान्तरण ग¥यो ।

मंगललाई यो रकम आप्mनी श्रीमतीले मायाको चिनो स्वरुप छोडेर गएको आभास भयो । त्यो शोकसभामा मंगलले मृतक श्रीमतीको फोटो र सान्तवना रकम मात्रै बुझेनन् पिडामा मलहम लगाउन निस्वार्थ रुपमा अघि बढ्ने संस्थाको नीति, संस्थाले बोध गरेको सदस्यप्रतिको अपनत्व र संस्था सदस्य प्रति कति जिम्मेवार रहछ भन्ने पनि राम्रोसँग बुझन पाए ।

कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था आप्mना सदस्यहरुको दुखको समयमा दरिलो साथ दिने संस्थाको रुपमा परिचित छ ।

संस्थाले सदस्यहरुलाई आपत विपत पर्दा सहयोग गर्ने उद्देश्यले सदस्य सुरक्षण कोष खडा गरेको छ । उक्त कोषमा प्रत्येक वर्ष संस्थाले, सदस्यले र कर्मचारीहरुले स–सानो रकम योगदान गर्छन् ।

कुनै सदस्यलाई प्राकृतिक विपत्ति पर्दा अथवा मानविय क्षती हुँदा संस्थाले उक्त कोषबाट निशुल्क सहायता प्रदान गर्दै आएको छ । स्वर्गिय सदस्य मिना चौधरीको चिर शान्तिको कामना एवं मृतकका श्रीमान लगायत सिंगो परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौ ।