जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ६ मा ज्येष्ठ नागरिक एकल महिला तथा अपाङगहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।



जोशीपुर गाउँपालिका वडा नम्बर ६ को आयोजनामा आज वडा भरिका ज्येष्ठ नागरिक एकल महिला तथा अपाङ्ग भएका वडाबासीहरुलाई सम्मान कार्यक्रम अन्तर्गत न्यानो कपडा ‘ब्ल्यांकेट’ वितरण गरेको वडा अध्यक्ष भोजराज डगौराले बताउनु भयो ।
न्यानो कपडा ब्ल्यांकेट पाएपछि स्थानीय ज्येष्ठ नागरिक एकल महिला तथा अपाङग नागरिकहरु खुसी भएका थिए । सहभागी रम्भा देवी मल्लले वडा परिवारले धेरै राम्रो काम गरेको जाडोको समयमा हामीलाई न्यानो कपडा वितरण गरी यस्तो पुस माघको कठ्याङ्ग्रिने जाडो बाट बच्न सहज हुने बताउनु भयो यस्तै स्थानिय अतवारी लाल चौधरीले पनि वडा परिवारले गरेको यो सम्मान कार्यक्रम प्रति खुसी व्यक्त गरे ।

वडाभरिका करिब १ सय ५७ जना नागरिकहरुलाई ब्ल्यांकेट वितरण गरिएको वडा सचिव सुरेश चौधरीले बताउनु भयो ।















