बौनियाँ । बर्दगोरिया बिकास क्षेत्र तथा सँरक्षण मञ्चको आयोजनामा बर्दगोरिया धार्मिक पर्यटकिय तथा साँस्कृतिक माघी मेला २०८१ आजदेखी शुरु भएको छ ।

पुस २७ गते देखी शुरु भएको मेलाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पानसमा दिप प्रज्वलन गरेर मेलाको औपचारिक रुपमा उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कँुवरले बर्दगोरियालाई पहिचान गर्नको लागि पर्यटन प्रवद्र्धन तथा यस क्षेत्रको बिकासका लागी आफुले निरन्तर पहल चालेको बताउनु भयो । यसका साथै यस ठाउँको बिकासका लागी समय समयमा बिभिन्न शिर्ष नेताहरुलाई यहाँको स्थलगत अवलोकन गराई बजेट ब्यवस्थापन गर्नका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयोे ।

यस्तै बिशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरीले यस ठाउँमा कन्याराजाको प्रतिमा वनाउनु पर्ने र थारु संग्रहालयका साथै थारु समुदायले मान्दै आएको बर्दा अर्थात गोरुको मूर्ति निर्माण गर्नका लागी योजना बनाउने तर्फ स्थानीय सरकार तत्पर रहेको उपाध्यक्ष गिरीले बताउनु भयो ।

मेलाको प्रमुख आकर्षणको रुपमा रातीको समयमा भारतिय कलाकाहरुको रामलिला प्रस्तुत हुने र दिउँसो राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने मेला मुल आयोजक समितिमका सँयोजक जगराम चौधरीले बताउनु भयो । माघी मेला पुस २७ गते देखी माघ २ गते सम्म सञ्चालन हुने यसका साथै माघीकै अवसरमा पुस २९ गतेदेखी धार्मिक महायज्ञ पनि बर्दगोरिया धाममा सञ्चालन हुने पनि बताउनु भयो । ।