बौनिया । मङ्गलवार देखी बौनियामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा आज शनिबार गायक चक्र बम आउने भएका छन् ।

‘कृषि व्यापार,संस्कृति र पर्यटनको विकास निर्माणाधीन सेती लोकमार्गको निकास’ मूल नाराका साथ सुरु भएको महोत्सवको सांगितिक कार्यक्रमको पाचौं दिन आज गायक बम आउने कलाकार संयोजक दिपक गौतमले जनकारी दिए ।

यस्तै महोत्सवमा मोडल सुशीला कार्की र उद्घोषिका तथा गायिका कल्पना कुसुमका साथै बिधालय स्तरिय नृत्य प्रतियोगिता संगै स्थानीय डान्स एकेडेमीका नृत्यहरु समेत प्रस्तुति रहने प्रचार प्रसार संयोजक पदम राज ओझाले जानकारी दिए ।

महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक बौनिया बजार समितिका अध्यक्ष देवराज सिंह स्वारले जानकारी दिए ।