बर्दिया । नागरिक उन्मुक्ति पार्टीका जिल्ला अधिवेसनहरु भइरहेका छन् । सबै जिल्लाका अधिवेसन सम्पन्न गर्नेदेखि प्रशिक्षण अभियानलाई समेत तीव्रता दिइएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी गराएका छन् ।

उनले आज आइतबार विहान ११ बजेदेखि बर्दियाको गुलरियामा जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिने छन् । गुलरियाको कृष्णसार रिसोर्टमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।