बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका १ सडकपुर बौनियामा यहि पौष ९ गते आज देखि सुरु हुने ७औं संस्करणको बर्दगोरिया सेति लोकमार्ग पहिचान महोत्सव २०८१ को तयारी पूरा भएको छ।

कृषि, ब्यापार, संस्कृती र पर्यटनको विकास निर्माणाधिन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा भइरहेको महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्य मन्त्री कमल बहादुर शाहले आज दिउँसो ठिक १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक देवराज सिह स्वारले बताएका छन ।



महोत्सवले कला संस्कृतिको संरक्षण, व्यापार व्यवसायमा वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।
महोत्सवमा खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामग्रीहरुका साथै बालबालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था पनि गरिने आयोजकले बताएका छन् । यसैगरी महोत्सवलाई थप आकर्षक पार्न महोत्सव स्थलमा थारु गाउँ समेत रहनेछ जहाँ विभिन्न प्रकारका थारु परिकार सङ्गै थारु कलाकारको प्रस्तुति हेर्न पाइनेछ ।
विगत ६ वर्षदेखि निरन्तर आयोजना गर्दै आइरहेको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ मा यसपटक बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ।
पुस ९ गतेदेखि १८ गते सम्म संचालन हुने महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय रुपैयाँ र विद्यार्थी अपाङ्ग भएका व्यक्तिका लागि ७० रुपैयाँ टिकट निर्धारण गरिएको छ ।