काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो । विराटनगरका बसिर अहमदले नटआउट ६८, मार्टिन गप्टिलले ४५, राजेश पुलामीले नटआउट ३३ रन बनाए । चितवनका रिजन ढकालले २ विकेट लिए ।



एनपीएलमा चितवन ५ खेलमा ६ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । विराटनगर ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।