धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन् ।

नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ ।भर्खरै सकिएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले पुरानै नाम सदर गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

‘हामीले पुरानै नाम सदर गरेका छौँ आज सात बजे शपथ छ’ उनले प्रतिक्रिया दिए । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई सिफारिस गरेको थियो ।