बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालित दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी बौनिया बजारका ब्यापारीको टीमले उचालेको छ ।

CP-HOSPITAL

शनिबार भएको फाइनल खेलमा बर्दगोरिया गाउँपालिका कर्मचारी टीमलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै प्रतियोगिताको उपाधी उचालेको हो ।पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको शनिबार फाइनल खेलमा निर्धारित समयमा दुबै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको हो ।

पेनाल्टी सुट आउटमा बौनिया बजारका व्यापारीले बर्दगोरिया कर्मचारी टीमलाई ३-२ ले पराजित गर्दै प्रतियोगिताको उपाधी उचाल्यो । यस अघि सेमिफाइनलमा आयोजक बर्दगोरिया पत्रकार मञ्चको टीमलाई १-० ले पराजित गर्दै कर्मचारी टीम फाइनलमा पुगेको थियो ।

यसपटक प्रतियोगिताको उपबिजेता बर्दगोरिया कर्मचारी टीम यस अघिको मैत्रीपूर्ण खेलको बिजेता समूह हो ।

प्रतियोगिताको बिजेता टीमले ट्रफी, प्रमाणपत्र र खसी पाएको छ भने उप-बिजेता टीमले ट्रफी ,प्रमाणपत्र र बोका पाउन सफल भएको छ ।

प्रतियोगिताको बिजेता उप-बिजेता दुबै टीमलाई पालिका उपाध्यक्ष गणेश राज गिरिले पुरस्कार वितरण गरेका छ्न ।

प्रतियोगितामा स्थानीय व्यापारी, कर्मचारी, बित्तीय संस्थामा आबद्ध कर्मचारी ,स्थानीय शिक्षक लगायत ८ वटा टीमहरुको सहभागिता रहेको थियो । बर्दगोरिया पत्रकार मञ्चले गतवर्ष देखि मैत्रीपूर्ण फुटबल खेल खेलाउँदै आएको छ ।