बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित बौनिया बजारमा सोमबारदेखि बौनिया स्केटिङ्ग पार्क संचालनमा आएको छ । पार्कको गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको छ ।

CP-HOSPITAL

पछिल्लो समय बालबालिकामा मोवाइलको लत बढदै गएकोले उनीहरुलाई खेलतर्फ आकर्षित गर्नका लागि स्केटिङ्ग पार्क संचालनमा ल्याइएको प्रोपाइटर हरिकृष्ण कठरियाले  बताएका छ्न ।

नेपालीहरुको महानपर्व बिजया दशमी तथा शुभ दिपावलीको  अवसर पारी सुभारम्भ गरिएको बौनिया स्केटिङ एण्ड खेल संसारमा दसैं अवधिभर विशेष छुटको प्याकेज रहेको बौनिया स्केटिङ एण्ड खेल संसारका एक प्रोप्राइटर कठरियाले जानकारी दिएका छन् ।

हरिकृष्ण कठरिया र अबिनाश चौधरीको संयुक्त लगानीमा संचालित बौनिया स्केटिङ एण्ड खेल संसारले स्केट पारखीको लागि विभिन्न सुबिधाहरु थप्दै र ब्यवस्थित बनाउदै लैजाने प्रोपराइटर कठरियाले बताएका छन् ।

कठरियाका अनुसार सुभारम्भको अवसरमा १०० रुपैयामा स्केटिङ खेल शुल्क तथा मोजाको शुल्क ५० रुपैयाँ तोकिएको छ । उनकाअनुसार यस खेलले बालबालिकामा शारीरिक स्फुर्ती बढने र शारीरिक तथा मानसिक स्त्तर वृद्धि विकासमा टेवा पुर्याउने बिश्वास राखिएको छ ।

कठरियाका अनुसार बौनियामा स्केटिङ्ग पार्क संचालन गर्नुको मुख्य उदेश्य नै यहाका बालबालिकाहरु खेल खेल्नका लागी बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै अभिभावकहरुको रुचि र माग अनुसार नै यो पार्क संचालनमा ल्याईएको हो ।

खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भाबित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामग्री प्रयोगको ब्यवस्था गरिएको संचालक कठरियाले बताए ।

स्केटिङ्ग पार्कको उद्घाटन गर्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले बौनिया बजारमा स्केटिङ्ग पार्क संचालन हुनु समग्र बर्दगोरियाबासीको लागि खुसीको बिषय भएको बताए । उनले  यो खेल नया पिढीका लागि अति आवश्यक भएकोले बालबालिकाहरुलाई यस खेलप्रति रुचि देखाउन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज स्वार, इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख वीर बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।