बौनिया । जनजगत बाल तथा युवा क्लबले नयाँ कामको सुरुवात गरेकोछ ।

विद्यालय पढ्ने क्लबका सदस्य (विद्यार्थीहरुको) बिदाको दिनलाई सदुपयोग गर्दै हप्ताको प्रत्येक शनिबारका दिन गाउँ-टोलमा रहेको बाटो सरसफाइको कार्यक्रम गर्दै आइरहेको जनाइएकोछ ।

साप्ताहिक सरसफाई कार्यक्रमकै अवसरमा आज शनिबार पनि बिदाको अवसर पारेर क्लबका अध्यक्ष राजु चौधरीको अगुवाइमा जगतपुर टोलमा रहेको बाटो वरिपरि सरसफाई गरेकोछ । अध्यक्ष चौधरीका अनुसार गाउँ टोलको बाटोमा रहेको झाडी सफाई सँगै बाटोमा राखिएका अन्य खालको दुर्घटना गराउन सक्ने सामानहरूको सरसफाई गरिएको जनाइएको छ ।

हाल क्लबमा रहेका सक्रिय सदस्यहरूले गर्दा जनजगत बाल तथा युवा क्लबले विभिन्न सामाजिक क्रियाकलपहरुमा अगाडि बढिरहेको देखिन्छ ।