असोज १, कैलाली । थारु भाषाका गीतसंगीतहरु बजारमा सर्वाधिक चर्चा कमाइरहेको बेला असोज २ गते मंगलबारका दिन नयाँ थारु म्युजिक भिडियो “प्रेमके भोगी” बोलको गीत सार्वजनिक हुने भएको छ ।

थारु सांगीतिक क्षेत्रकै बहुचर्चित गीतकार सुबेश कठरियाको शब्दमा सजिएको गीतमा संगीत सम्पादन गणेश चौधरीले गरेका छन् । गायक गायिकाद्वय गणेश चौधरी र समीक्षा चौधरीको सुमधुर स्वरमा सजिएको गीतमा मिक्सिङ चन्द्र चौधरीको रहेको छ ।



नृत्य निर्देशक सुधराम दहितको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा अहिलेको चर्चित मोडेल नरेश चौधरी र मधु चौधरीको अभिनय रहेको जनाइएको छ । म्युजिक भिडियोको छायांकन सुमित चौधरीले गरेका छन् भने श्रृंगार सानु कुश्मीको रहेको छ ।
उक्त म्युजिक भिडियो के एस प्रोडक्सन युट्युब च्यानल बाट सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।