भदौ २० अछाम । जिल्लाको चौरपाटी गाउँपालिका  वडा नं.१, र २ का १८ वटा समुहका ४०१ जना कृषकहरुलाई एक कार्यक्रमका बिच कृषि सामाग्री सहयोग गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा मालिका विकास संघ नेपाल मार्फत चौरपाटी गाउँपालिकाको वडा नं.१, र २ मा सञ्चालनमा रहेको जलवायुमैत्री गाउँ परियोजना अन्तर्गत कृषक सदस्यहरुलाई जलवायु मैत्री कृषि प्रबिधिहरुको प्रयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व बढाउने उद्धेश्यका साथ कृषि सामाग्रीहरु क्रमशः टनेल, मकै, भटमास, बदाम लगाउने मेसिन, झोल मल राख्ने ड्रम, हजारी, बिरुवा रोप्ने मेसिन, बिरुवा उमार्ने ट्रे, क्यारेट, डिजिटल तराजु लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको परियोजना अधिकृत जनक बहादुर कठरिया ले बताउनु भयो ।

उक्त कृषि सामाग्री हस्तान्तरण कार्यक्रम चौरपाटी गाउँपालिकाको वडा नं.२, मा वडा सदस्य श्री नन्ना साउँदको अध्यक्षतामा सम्पन्न भएको थियो, भने वडा नं.१, को गैरिलेखमा वडा अध्यक्ष श्री बिर बहादुर थापा ज्युको अध्यक्षतामा भएको कार्यक्रममा मालिका विकास संघका उपाध्यक्ष श्री ज्ञानेन्द्र बहादुर रावल, गड नेवर्स इन्टरनेशनल नेपालका क्लष्टर कोडिनेटर श्री तेज प्रसाद शर्मा, वडाका कृषि प्राबिधिक लगाएतको उपस्थितीमा उक्त कृषि सामाग्री हस्तान्तरण सम्पन्न भएको छ ।