भदौ १० बौनिया । बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ५ मा रहेको सहयोगी वेलुवा युवा क्लबले बृहत घैटा फोड तथा सांस्कृतिक कार्यक्रम मनाएको छ ।

श्री कृष्ण जन्माष्टमीको अवसर पारेर घैटा फोड तथा सांस्कृतिक कार्यक्रम मनाएको क्लबले जनाएको छ । विगतका वर्षहरुझैँ गाउँघरमै रमाइलो गर्दै भगवान कृष्णको जन्मदिनको अवसरमा विविध खेल तथा सांस्कृतिक नाचगान सहित यो कार्यक्रम मनाएको क्लबका अध्यक्ष महेश रावलले बताए ।

भुई मटकामा पूजा गरी कार्यक्रमको समुद्घाटन गर्दै सहयोगी बलुवा युवा क्लवले हाल सकृय रूपमा पालिका स्तरमा थुप्रै कार्यक्रमहरु गरिरहेकोले कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी लालदिपले प्रशंसा गर्नु भयो, सानो उमेरमै लागेका क्लबका सदस्यहरूको काम प्रशंसनिय रहेको बताउँदै थप सकृय भएर लाग्न शुभकामना दिनुभयो ।

कार्यक्रममा खेलको प्रतिस्पर्धामा उत्रिएका खेलाडीमध्ये रिङ्ग खेलमा प्रथम बिष्णु देबी थापा  दोस्रो रेशमा कार्की महिलाका लागि कुर्सी दौड खेलमा प्रथम अंकिता थापा दोस्रो सुबिक्षा थापा भुई घैटा फोड खेलमा प्रथम स्थान प्रकाश कार्कीले हासिल गर्न सफल भएको जनाइएको छ ।

क्लबका अध्यक्ष महेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि जनप्रतिनिधि लगायत स्थानिय थुप्रै दर्शकको सहभागिता रहेको थियो ।