साउन २९, बौनिया । बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई आज एक कार्यक्रमका बीच विदाई गरिएको छ । अधिकृत ढुंगानालाई ८ महिनाको बसाई पछि बर्दगोरिया गाउँपालिका बाट विदाई गरिएको हो । अधिकृत ढुंगाना गत २०८० पौष ११ गते पालिकामा हाजिर भएका थिए ।



विदाई कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरीले यहाँ बाट सरुवा भएर गइसकेपछि आगामी दिनको सफलता सहित कार्यकालको शुभकामना व्यक्त गरे “उनले भने कर्मचारीको सरुवा वढुवा नियमित भई राख्ने प्रक्रिया हो तपाईंको आगामी दिनमा थप प्रगति होस् अझै उच्च ओहोडाका कर्मचारीको रूपमा देख्न पाउँ” ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले भावुक हुँदै यस पालिकामा ८ महिनाको बसाई सुखद र सबैको साथ सहयोग पाएको अनुभव सुनाउँदै यहाँका जनप्रतिनिधि कर्मचारी तथा बर्दगोरिया बासीलाई धन्यवाद व्यक्त गरे आफू यहाँ काम गर्ने क्रममा धेरै कुराको अनुभव लिने अवसर पाएको समेत उनले जिकिर गरे र आगामी दिनमा पनि पुनः आफू जहाँ रहँदा पनि सहयोग सहकार्य गरिरहने समेत उनले बताए ।

पालिका अध्यक्ष कर्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रमलाई शिक्षा शाखा प्रमुख नन्द कुमारी भट्टले स्वागत मन्तव्यले स्वागत गरिन् यस्तै कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख गोविन्द राज रेग्मीले सञ्चालन गरेका थिए ।













