महेन्द्रनगर । महाकालीमा हाम फालेका युवा वेपत्ता भएका छन् । कञ्चनपुरस्थित महाकाली नदीमा शनिवार राति हाम फालेका जनक भट्ट वेपत्ता भएका हुन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का २८ वर्षिय भट्टले शनिवार राति झोलुङ्गे पुलबाट नदिमा हाम फालेका थिए । उनको अवस्था अज्ञात छ ।

उनको खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले के कारणले नदीमा हाम फाले भन्ने कुरा अहिलेसम्म खुलेको छैन।