साउन २०, धनगढी । धनगढीको कैलाली मोडल माध्यमीक विद्यालयले कक्षा १२ को नतिजामा यस वर्ष पनि सुदूरपश्चिम प्रदेश टप गर्न सफल भएको छ । शुक्रबार प्रकाशित नतिजामा कैलाली मोडल माध्यमीक विद्यालयका छात्र नीराजन पाण्डेले कक्षा १२ बोर्ड परीक्षामा ३.९२ जिपिए ल्याएका छन् ।

यो नतिजा सुदूरपश्चिममै सर्वोत्कृष्ट अंक रहेको कैलाली मोडल माध्यमीक विद्यालयको दाबी छ । शुक्रबार प्रकाशित नतिजामा पाण्डेले सुदूरपश्चिम प्रदेशमै सर्वाधिक जिपिए हासिल हरेको विद्यालयको दाबी छ ।



कक्षा ११ को परीक्षामा समेत राम्रो अंकका साथ उत्तिर्ण भएका पाण्डेय आफूले अत्यन्तै मिहिनेत गरेका कारण राम्रो नतिजा आएको बताउँछन । विद्यालयमा शिक्षकले पढाउँदा एकदम ध्यान दिन्थे र त्यसैकारण उहाँहरुको प्यारो थिए । म विद्यालयबाट घर गएपछि ३÷४ घण्टा थप पढ्थे स्मरण शक्ती राम्रो छ जस्तो लाग्छ शिक्षकले पढाएको कुरा टिपिहाल्छु । उनले विद्यालयमा पढाइको वातावरण पनि राम्रो रहेको भन्दै विद्यालयका प्रचार्य र आफ्ना सबै गुरुहरुलाई धन्यवाद समेत दिए । आफ्नो रुचि इन्जिनियरिङ तिर रहेको भन्दै आफू अहिले त्यसैको प्रवेशिका परीक्षाको तयारीमा व्यस्त रहेको बताउँछन ।
कैलाली मोडलबाट २ सय ३८ परीक्षामा सहभागि भएकोमा १६२ जना उत्तिर्ण गराउन सफल भएको विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंह जानकारी दीए ।
कैलाली मोडेल स्थापना भएकै बर्ष सुदूरपश्चिम टप गरेको बताउदै उनले पछिल्ला बर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।
२०६४ सालमा उच्च माध्यमीक स्थापना गरेको कैलाली मोडेलको पहिलो बर्ष नै बिज्ञान संकायबाट नबिन अधिकारीले सुदूरपश्चिम टप गरेका थिए ।
त्यस्तै २०६७/६८ मा बिज्ञान संकायबाटै लेखनाथ रेग्मी र कीशोर जोशिले उत्कृष्ट अकं ल्याएर उत्कृष्ट नतिजा हासिल गरे । त्यसपछि २०७१ सालमा चक्र भण्डारीले बिज्ञान संकायबाटै ८४ प्रतिशत अकं ल्याँउदै यस क्षेत्रकै सर्बोउत्कृत नतिजा ल्याउन सफल भए ।
यस्तै यसबर्ष पनि कैलाली मोडलका छात्र नीराजन पाण्डेले कक्षा १२ बोर्ड परीक्षामा ३।९२ जिपिए ल्याएर सुदूरपशिचम टप गरे ।
कैलाली मोडेलमा अध्ययन गरेका बिद्यार्थी अहिले बिभिन्न सरकारी उच्च ओहोदामा काम गरीरहेको प्रधानाध्यापक सिंहले दाबी गरे ।