नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्।

एसीसी प्रिमिअर कपको बिहीवार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।



उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्।
लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन्।
यसअघि गत महिना कीर्तिपुर क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिम (६३ रन)लाई एलबीडब्लुको धरापमा पारेपछि विकेट सङ्ख्या ९९ पुर्याएका थिए।
तर त्यसदिन उनले अर्को विकेट भने लिन सकेनन्।
कसको कीर्तिमान तोडे?

२०१८ को अगस्ट १ मा नेदरल्यान्ड्स विरुद्ध खेल्दै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पदार्पण गरेको थियो।
सो खेलमा लामिछानेले पहिलो विकेट लिएका थिए।
- विजेता बन्दै भारत-पाकिस्तानसँग खेल्ने नेपालको लक्ष्य
- सन्दीप लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाइने
त्यसयताको पाँच वर्षको अवधिमा लामिछाने नेपाली टोलीको प्रमुख ‘विकेट टेकेर’ बन्दै आएका छन्।
सो क्रममा उनले तीन पटक पाँच विकेट लिएका छन्।
टी-२० अन्तर्राष्ट्रियमा पनि लामिछानेले ४४ खेलबाट ८५ विकेट लिइसकेका छन्। त्यस्तै लिस्ट ए मा उनको नाममा १४५ विकेट छ भने टी- २० मा उनले १९३ विकेट लिएका छन्।
पाँच वर्षको उपलब्धि
यसअघि सो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो।
खानले सन् २०१५ मा ४४ खेल खेलेर सो कीर्तिमान रचेका थिए।
त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ५२ खेल खेलेर १०० विकेट लिएका थिए।
उक्त कीर्तिमान उनले सन् २०१० मा बनाएका थिए।

- सन्दीप लामिछानेको क्रिकेट यात्रा१४ मई २०१८
- सन्दीप लामिछानेको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट१४ फेब्रुवरी २०२२
- सन्दीप लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाइने९ एप्रिल २०२३

एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा पाँच वर्षमा लामिछानेले तीन पटक ५ विकेट लिएका छन्।
सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्डस् विरुद्ध एक दिवसीय खेल्दै लामिछानेले पहिलो विकेट लिएका थिए। त्यो नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि खेलेको पहिलो शृङ्खला थियो।
लामिछानेविरुद्ध नाबालिग बलात्कारको एक अभियोगमा अदालतमा दायर मुद्दा विचाराधीन छ।
अन्य कीर्तिमान
लामिछानेका नाममा अरू कीर्तिमानहरू पनि छन्।
उनी राष्ट्रिय टोलीको कप्तानी गर्ने विश्वको सातौँ कान्छा कप्तान हुन्। सन् २०२२ मा विश्वकप लिग-२ अन्तर्गत सारजाहमा पपुवा न्यूगिनी विरुद्ध कप्तानी जिम्मेवारी सम्हाल्दा लामिछाने २१ वर्ष २२६ दिनका भएका थिए।
यसै गरी एउटै शृङ्खलामा सबैभन्दा बढी ‘डक आउट’ हुने खराब कीर्तिमान पनि उनको नाममा छ।
विश्वकप लिग-२ को २०१८-२३ शृङ्खलामा लामिछाने सबैभन्दा बढी पाँच पटक डक आउट (पहिलो बलमा आउट) भएका छन्।
- ‘वाटर ब्वाइ’ ज्ञानेन्द्र मल्लको स्वच्छन्द उडान योजना
- नेपाली टोलीका लागि क्रिकेट समर्थक ‘बाह्रौँ खेलाडी’ बराबर २२ मार्च २०२३
लिग -२ शृङ्खलामा नै लामिछानेले ६ विकेट लिएका थिए जुन उत्कृष्ट विकेट लिइएको विश्वकै दोस्रो सफल स्पेल बनेको थियो।
सन् २०२१ को विश्वकप लिग-२ मा पपुवा न्यूगिनी विरुद्ध ५.१ ओभरमा ११ रन खर्चेर उनले ६ विकेट लिएका थिए।

सम्बन्धित सामग्री
- नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा खेलाडीका रूपमा उदाएका ऐरी१६ एप्रिल २०२२
- एसीसी प्रिमिअर कपमा नेपालको पहिलो जित१८ एप्रिल २०२३
- एसीसी प्रिमिअर कप: विजेता बन्दै भारत-पाकिस्तानसँग खेल्ने नेपालको लक्ष्य१८ एप्रिल २०२३

सो कीर्तिमानको पहिलो नम्बरमा भने भारतका विन्नी रहेका छन्। उनले सन् २०१४ मा भएको खेलमा बाङ्गलादेश विरुद्ध ४.४ ओभरमा दुई मेडन ओभर कायम राख्दै चार रन दिएर ६ विकेटको दुर्लभ कीर्तिमान रचेका थिए।
त्यस्तै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै एलबीडब्लु विकेट लिनेमा लामिछाने विश्वको सातौँ नम्बरमा छन्। उनले १२ वटा एलबीडब्लु विकेट लिएका छन्।
लिग-२ मा दोस्रो
विश्वकप लिग-२ मा भने लामिछानेले दोस्रो धेरै विकेट लिने खेलाडी बन्दै शृङ्खला टुङ्ग्याए। उक्त शृङ्खलामा लामिछानेले कुल ७२ विकेट लिएका छन्।
लिग-२ मा दोस्रो स्थान हात पारेको ओमानका विलाल खान ७६ विकेट लिँदै पहिलो नम्बरमा रहे। करण केसीले लिग-२मा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थान अनि समग्रमा छैटौँ स्थानमा रहे।
उनले ५० विकेट लिएका थिए।
Source: BBC Nepali