साउन १८, कैलाली ।  संघीय मन्त्रिपरिषद्मा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरी राज्यमन्त्री भएका छन् ।

 

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। चौधरी नागरिक उन्मुक्तिको संसदीय दलका नेता पनि हुन्। र

ञ्जिता श्रेष्ठलाई हटाएर उनी गत महिना संसदीय दलको नेता बनेका थिए। अरूण चौधरी रेशम चौधरी पक्षका हुन्। उनी कैलाली–२ बाट निर्वाचित हुन्।