साउन १६, काठमाण्डौ। काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।

 

बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

 

मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी÷खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ । बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन् ।

बाढिमा फसेका १५ जनाको उद्धार

अविरल वर्षाका कारण काठमाडौँको कीर्तिपुर नगरपालिका– १० स्थित सुन्दरिघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

अबिरल वर्षाका कारण बाढिमा फसेको खबर पाएपछी बुधबार बिहान ५ बजे सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

सशस्त्र प्रशरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले उनिहरलाई ट्युब तथा डोरिको सहायताले उद्धार गरी सुरक्षित स्थलमा ल्याइएको जानकारी दिनुभयो ।