साउन १०, बिर्तामोड। झापाको कचनकवल गाउँपालिका –४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति पौने ९ बजे वडा ४ बस्ने  १५ बर्षीय विशालकुमार शाहको करेन्ट लागेर मृत्यु भएको हो ।

CP-HOSPITAL

खानेपानी धाराबाट आउने क्रममा घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उहाँलाई तत्काल उपचारका लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने जनाइएको छ ।