
सागर चौधरी /बौनिया । कैलालीको जोशीपुर गाउँपालिकामा गुरही पर्वको अवसरमा सावन १गते स्थानीय विदा दिने निर्णय गरिएको छ ।




थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउदै आएकोले गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो। सावन १ गते गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको अध्यक्ष चित्र बहादुर चौधरीद्धारा जारी सूचनामा उल्लेख छ ।
