
बौनिया। कैलालीको भजनी नगरपालिकाको विभिन्न क्षेत्रमा डुबान भएको छ।



घैला नालामा आएको बाढीले नाला आसपासको बस्तीमा डुबान गरेको हो। वडा नम्बर ३ स्थित ठेकिपुर, वडा नम्बर ६ थापापुर , महदिउली , भजनी रोड क्षेत्र वडा नम्बर ८ स्थित खैरा रोड क्षेत्र, कढा, राधा मन्दिर बस्ती लगायतका क्षेत्रमा घर डुबेको छ।

अविरल वर्षाका कारण नालामा आएको बाढीले आसपासका घरलाई डुबान गरेको वडा नम्बर ६ का वडा अध्यक्ष रामसागर चौधरीले जानकारी दिनुभयो। उनले घरमा बाढी पसेपछि स्थानीयवासीले सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेको जानकारी दिए।
“नाला आसपासका धेरै घरहरु डुबानमा परेको छ”, वडा अध्यक्ष चौधरीले भन्नुभयो,“तर, अब बाढी घट्ने क्रममा रहेकाले थप जोखिम छैन ।”

तर उक्त , प्रत्येक वर्ष बाढीको सबैभन्दा बढी जोखिम रहेको भजनी नगरपालिकामा अहिले कान्द्रा नदीमा बाढी बाढीले सतर्कताको तह पार गरेको छ। पहलमानपुर जलमापन केन्द्रमा बाढीले सतर्कताको तह पार गरेको हो। नदीको बाढीले भजनीको धेरैजसो स्थान जलमग्न भएको स्थानीय बाँधुराम डगौराले जानकारी दिए ।