बौनिया । कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर बसन्ता डुबानमा परेको छ । कटैनी नदीमा आएको बाढीले सो गाउँमा डुबान भएको हो ।


अविरल वर्षाका कारण कटैनीमा बाढी आइ डुबान भएको स्थानीय दयाराम चौधरीले बताउनुभयो । उनले आफ्नो घर पनि डुबेको जनाउँदै नदीमा बाढी बढ्ने क्रम अझै जारी रहेको जानकारी दिए ।




सो गाउँमा गतवर्ष पनि डुबान भएको थियो । बाढीले अहिलेसम्म छटकपुर बसन्ताको सात घर डुबानमा परेको कैलारी गाउँपालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले जानकारी दिए ।

उनले घरमा पानी पसेको जनाउँदै अन्य क्षति भने हुन नपाएको उल्लेख गरे । डुबान प्रभावित गाउँमा उद्धारका लागि सो गाउँपालिकाका जनप्रतिनिधिसहित सुरक्षाकर्मीको टोली पुगेको छ ।