सुदुरपश्चिम नेपालमा एउटा सम्मेलनमा भाग लिन आएका भारतीय जनता पार्टीको विदेश मामिला प्रमुख विजय चौथाइवाले काठमाण्डूमा उच्चस्तरीय भेटवार्ताहरू सम्पन्न गरेर नयाँ दिल्ली फर्किएका छन्।

मनसखण्ड सम्मेलनमा विशेष अतिथिका रूपमा भाग लिन आएका चौथाइवाले त्यहाँबाट काठमाण्डू आएका थिए।



उनले आफूले नेपालका प्रधानमन्त्रीसहित सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेटवार्ता गरेको जनाएका छन्।
सबै नेपाली नेताहरूले बलियो नेपाल-भारत सम्बन्ध र सघन पार्टीगत अन्तरक्रियामा जोड दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
को कोसँग भेटे, के भने?
काठमाण्डूमा भएका आफ्ना भेटवार्ताबारे ट्विटरमा चौथाइवालेले प्रसन्नता जनाएका छन्।
उनले आफूले प्रधानमन्त्रीमा प्रचण्डलाई चुनावपछि सत्ता सम्हालेकोमा बधाई दिएको उल्लेख गरेका छन्।
प्रमुख विपक्षी नेता केपी ओलीसँगको भेटका बारेमा उनले लेखेका छन्, “उहाँले मलाई नेपालको राजनीति र अन्य अरू धेरै सम्बन्धित विषयहरूमा रोचक कुरा सुनाउनुभयो।”
चौथाइवालेसँगको छलफलमा गेरुवा रङ्गको कमिज लगाएका ओलीसँगै एमाले नेता विष्णु रिमाल तस्बिरमा देखिन्छन्। बीबीसीले सम्पर्क गर्दा रिमाल उक्त भेटबारे खुल्न चाहेनन्।
- भारतबाट ‘आपूर्ति असहज भएपछि’ निजी क्षेत्रले चीनबाट दोबर मूल्यमा भित्र्यायो विस्फोटक पदार्थ
- राष्ट्रपति चुनावको मुखैमा चिनियाँ राजदूतको दौडधुप, के हो चीनको चाहना
पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपाल साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि उनले भेटवार्ता गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राष्ट्रप्रमुख निर्वाचित भएकोमा बधाई दिने उनको योजना रहे पनि पौडेल अचानक अस्वस्थ्य भएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।
यो Twitter पोस्ट छोड्नुहोस्, 1
Twitter को सामग्रीलाई अनुमति छ?
यो लेखमा Twitter बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Twitter cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि ‘स्वीकार छ, अगाडि बढौँ’ छान्नुहोस्।स्वीकार छ, अगाडि बढौँभिडिओ क्याप्शन सुरु हुँदैछ,चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
Twitter पोस्ट समाप्त, 1
प्रधानमन्त्री प्रचण्ड आगामी वैशाखको अन्त्यसम्ममा भारत भ्रमणको तयारीमा रहेका भन्ने विवरणमाझ भारतीय सत्ताधारी दलका विदेश विभागका प्रमुखले राजनीतिक अन्तरक्रियाहरू गरेका हुन्।
यसअघि एमाले अध्यक्ष ओलीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि चुनावअघिको गठबन्धन भत्किएको सहितका विषयमा नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा भाग लिन केही समय पहिले आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले चासो राखेका थिए।
चुनाव लगत्तै बनेको गठबन्धन भत्किएर अहिले बनेको कांग्रेस माओवादी समीकरणलाई नयाँ दिल्ली समेतले आफ्ना लागि सहज मानेको कतिपय विश्लेषकहरूले बताइरहेका छन्।

- भाजपा नेताको भ्रमणले नेकपामा किन निम्त्यायो खलबल१४ डिसेम्बर २०२०
- प्रचण्डको भारत भ्रमण किन धकेलियो? नवनियुक्त परराष्ट्रमन्त्री के भन्छन्?१६ एप्रिल २०२३
- भारतीय विदेश सचिवपछि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण- संयोग मात्रै कि रणनीतिक प्रतिस्पर्धा२५ नोभेम्बर २०२०

नेपाली नेताहरूसँगको अन्तरक्रियालाई कसरी लिने
नौ वर्ष देखी भारतको सत्ता नेतृत्व गरिरहेको भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख रहेका चौथाइवाले पछिल्लो समयमा बारम्बार काठमाण्डू आउने नेतामा पर्छन्।
नेपाल र भारतका दलका नेताहरूबीच व्यक्तिगत तहमा सम्बन्ध र भेटघाट नौलो मानिदैँन।
भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरूको साथ रहेको थियो भने सन् १९५१ यताका नेपालका राजनीतिक परिवर्तनहरूमा कुनै न कुनै हिसाबले दिल्लीको गहिरो चासो प्रकट हुने गरेको छ।
नेपालमा गणतन्त्र स्थापनाका लागि प्रस्थानविन्दु बनेको तत्कालीन सात दल र माओवादी विद्रोहीहरूबीचको १२ बुँदे समझदारीको मध्यस्तता गरेको जस नयाँ दिल्लीले सार्वजनिक रूपमा नै लिएको थियो।

नेपाल भारत सम्बन्धबारे दख्खल राख्ने देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे नेपाल र भारतका दलका नेताहरूबीच अन्तरक्रिया हुनु अस्वाभाविक नभए पनि विदेश मामिलाको छलफल निजी नहुने बताउँछन्।
उनले भने, “विदेशी कूटनीतिज्ञ वा पाहुनाहरूसँग विदेश मामिलामा स्पष्टता साथ कुरा गर्नुपर्छ। त्यसमा राज्यको नीति र मुलुकको सम्मान प्रतिविम्वित हुनुपर्छ। उनीहरूसँग उठाउने अजेन्डामा राज्यको ब्रिफ्रिङ पनि आवश्यक पर्छ।”
- नेपाल भारत सम्बन्ध: सीमा विवादमा राजनीतिकरण नगर्ने समझदारी, ऊर्जा सहकार्यको खाका तयार
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के
भाजपाले नेपालका राजनीतिक शक्तिहरूसँग गरिरहेको सम्बन्ध विस्तारमा कैयौँ सैद्धान्तिक प्रश्नहरू अनुत्तरित रहेको घिमिरे बताउँछन्।
उनले भने, “जस्तो चीनको कम्युनिस्ट पार्टीले आफूसँग अन्तरक्रिया गर्दा नेपालका कम्युनिस्ट दलहरू हाम्रो जात मिल्छ भन्ने ठान्छन्। सत्तामा हुँदा बिजेपी भारतको सत्ताधारी दल र नेपाली कांग्रेस नेपालको सत्ताधारी दल भन्ने हिसाब गर्छन्। तर यो टिकाउ हुँदैन किनभने उनीहरूले सिद्धान्त के हो र त्यसमा कति समानता छ भनेर हेरैकै छैनन्।”
अघिल्लो पटक भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेताहरूलाई नभेटेको प्रसङ्ग उल्लेख गर्दै सम्पादक घिमिरेले ‘अरूद्वारा निर्देशित भेटघाट र कूटनीतिक सम्बन्ध’ नेपालका लागि असहज हुने बताए।
नेपाल भारत सम्बन्धमा कुन निकायले डोर्याउँछ?

पत्रकार घिमिरेका विचारमा भाजपाको विदेश मामिला हेर्ने इन्चार्जका रूपमा चौथाइवालेको प्रधानमन्त्री मोदीसँग ‘व्यक्तिगत सम्बन्ध’ राम्रो छ।
उनी मोदीकै गृहराज्य गुजरातका हुन्। प्रधानमन्त्री मोदी र अर्का शक्तिशाली मानिने नेता तथा गृहमन्त्री अमित शाहका विश्वासपात्र मानिन्छन्।
मोदीको अमेरिका भ्रमणमा निकै चर्चित बनेको ‘हाउडी मोदी’ कार्यक्रमको श्रेय पनि चौथाइवालेलाई दिइन्छ।
भारतमा साउथ ब्लक पनि भनिने विदेशमन्त्रालयले देशको विदेश नीति सञ्चालन गर्छ। तर देशका राजनीतिक तथा सुरक्षा निकायले पनि कतिपय महत्त्वपूर्ण नीतिहरूको निर्धारणमा प्रमुख भूमिका खेल्छन्।
पत्रकार घिमिरे भन्छन्, “नेपाल अथवा छिमेकको विदेश नीतिबारे पछिल्लो समयमा मैले बुझेअनुसार विदेशमन्त्रीको भूमिका बढी आलङ्कारिक बनेको छ। वास्तविक रूपमा हेर्ने काम चाहिँ राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयबाट हुन्छ भन्ने म बुझ्छु।”
- प्रचण्डलाई नेपाल-भारत सम्बन्धमा पहिलो चुनौती गोर्खा भर्ती
- भारत, चीन,अमेरिकाका ‘त्रिकोणात्मक’ भूराजनीतिक चुनौती धान्न नेपालले सक्ला?
नक्सा विवादका कारण नेपाल भारत सम्बन्धमा कटुता उत्पन्नहुँदा भारतले आफ्ना जासुसी निकायका प्रमुखलाई काठमाण्डूमा पठाएको थियो।
त्यसपछि नेपाल भारतको अन्तरक्रिया विस्तारै स्वाभाविक लयमा फर्किएको थियो।

- भूराजनीतिक चुनौती बढ्दा नेपालमा राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्तावको सम्झना२१ जुलाई २०२२
- जब अमेरिकाले चीनलाई सोधेको थियो: के नेपाललाई भारतबाट खतरा छ?२२ एप्रिल २०२२
- कुनै बेला चीनसँग विमान खसाल्ने अस्त्र किनेको नेपालले अहिले कस्तो सैन्य सम्बन्ध राखिरहेको छ३ जुलाई २०२२

भारतको गुप्तचर निकायका प्रमुख फर्किएपछि ओलीले सरकारको नेतृत्व गरिरहेको बेला चौथाइवालेले गरेको नेपाल भ्रमण विवादित बन्न पुगेको थियो।
दुई वर्षअघिको उक्त भ्रमण नेकपाका तत्कालीन महासचिव विष्णु पौडेलको निम्तोमा भएको उनले बताएका थिए।
अन्य दलका नेतासमेत भेटेका उनले त्यसबेला प्रचण्ड र माधवकुमार नेपाललाई भेटेका थिएनन्।
तर भ्रमणबारे तत्कालीन नेकपाकै विदेश विभाग समेत अनविज्ञ भएको उक्त दलका नेताहरूले त्यस बेला बताएका थिए।
पत्रकार घिमिरे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारले सोझै आएर नेपालमा राजनीतिक भेटवार्ताहरू गर्नु सहज नदेखिने हुनाले राजनीतिक अनुहारहरू पठाइने तर यस्ता भेटवार्ताहरूको गहिरो अर्थ हुने बताउँछन्।
पछिल्ला महिनाहरूमा भाजपाले विभिन्न देशका दलहरूसँग अन्तरक्रिया बढाएको छ।
उसले ‘नो द बिजेपी’ नामक कार्यक्रम गर्दै आएको छ जसअन्तर्गत विभिन्न देशका नेताहरू र कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर अन्तरक्रिया गरिएको गरेको द हिन्दु अखबारमा प्रकाशित एउटा समाचारमा जनाइएको छ।
अघिल्लो वर्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यस्तै कार्यक्रममा भाग लिएका थिए।
नेताहरू तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगका अन्तरक्रियामा भाजपाको स्थापना यताको इतिहासको चर्चा गरिने र मोदी सरकारको उपलब्धि सुनाइने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
त्यसबाहेक दुई देशबीचका जनस्तरको सम्बन्ध र पार्टीगत अन्तरक्रियाबारे छलफल हुने गरेका बताइन्छ।
नेपालको सत्तासँग निकट सम्बन्ध

चौथाइवाले पछिल्लो समय नेपालको सत्तासँग निकट सम्बन्ध बनाउने नेतामा पर्छन्।
उनी विशेष अतिथि भएर धनगढी आएको कार्यक्रमको प्रमुख अतिथि नेपालकी पूर्व प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ आरजु देउवा थिइन्।
आरजुले चौथाइवालेलाई राखी बाँधिदिएका तस्बिर देउवा प्रधानमन्त्री रहेका बेला सार्वजनिक भएका थिए।
सुदुरपश्चिम प्रदेश सरकारको सहयोग र सुदुरपश्चिम विश्वविद्यालयको मूख्य आयोजनामा भएको सम्मेलन गर्न सघाउनेमा विश्व हिन्दु महासङ्घकी उपाध्यक्ष समेत रहेकी ज्योत्सना साउद पनि थिइन्। ज्योत्सना भर्खरै परराष्ट्र मन्त्रीमा नियुक्त कांग्रेस नेता एनपी साउदकी पत्नी हुन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले उक्त सम्मेलनले नेपाल भारत सम्बन्धलाई आध्यात्मिक र सांस्कृतिक रूपमा बलियो पार्ने र धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने बताएकी छन्।
यो Twitter पोस्ट छोड्नुहोस्, 2
Twitter को सामग्रीलाई अनुमति छ?
यो लेखमा Twitter बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Twitter cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि ‘स्वीकार छ, अगाडि बढौँ’ छान्नुहोस्।स्वीकार छ, अगाडि बढौँभिडिओ क्याप्शन सुरु हुँदैछ,चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
Twitter पोस्ट समाप्त, 2
कार्यक्रम व्यवस्थापनको संयोजक रहेका सन्दिप रानाले चौथाइवालेको भेटवार्ताहरू अलग्गै रहेको र धनगढीको कार्यक्रमले सांस्कृतिक र धार्मिक पर्यटन आदानप्रदान अभिवृद्धि गर्ने लक्ष्य राखेको बताए।
- नेपाल संविधान: तत्कालीन प्रधानमन्त्री ओलीको अनुमति लिएर नाकाबन्दी खुलाउन नेपाली सेना कसरी क्रियाशील भएको थियो?
- घोषणापत्रमा वाचा गरेजस्तै नेपाली दलहरूले भारत र चीनसँग ‘सन्तुलित सम्बन्ध’ राख्न सक्लान्?
उनले बीबीसीसँग भने, “सुदुरपश्चिमदेखि कुमाऊँसम्मको खण्ड पौराणिक कालदेखि नै मानसखण्डको रूपमा चिनिएको छ। त्यो सम्मेलनमा सुदुरपश्चिम र उत्तराखण्डको संस्कृति एंव देवी देवता साझा रहेको र नामहरूमा सगोत्रीजस्तो रहेको भन्नेबारे चर्चाहरू भयो।”
उनले उत्तराखण्ड सरकारले कुमाऊँलाई मानसखण्ड करिडरका रूपमा विकास गरेको भन्दै त्यसलाई नेपालमा जोडेर पर्यटन विस्तार गर्ने व्यापक सम्भावना रहेको बताए।
यस्तो प्रयासलाई कतिपयले ‘नरम कूटनीति’ भन्ने गरेका छन्।
तर नेपालकै सुदुरपश्चिम क्षेत्र र त्यसमा पनि महाकाली नदी आसपास नेपाल र भारतबीच सीमा विवादसहितका पेचिला समस्याहरू सम्बोधन हुन बाँकी नै छन्।