
धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कैलालीका ७० प्रतिशत विद्यार्थी अनुत्तीर्ण (फेल) भएका छन । २०८० सालको एसइई परीक्षामा १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा ५ हजार ४२८ जना मात्रै उत्तीर्ण भएका हुन ।



शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत प्रतापसिंह धामीले उत्तीर्ण भएका मध्ये ४ जनाले ४ जिपीए प्राप्त गरेका छन ।

३३४ जनाले ३.६ देखि ४ जिपीए, एक हजार २९९ जनाले ३.२ देखि ३.५९ जिपीए, दुई हजार ९३ जनाले २.८ देखि ३.१९ जिपीए, एक हजार ५१९ जनाले २.४० देखि २.७९ जिपीए र १८३ जनाले २.०१ द्येखि २.३९ जिपीए अंक प्राप्त गरेको धामीले बताए ।
कैलालीमा ५ हजार ५० जनाले भने ग्रेड सुधार परीक्षा दिन पाउनेछन् । उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन । एसइई परीक्षा गत वर्ष चैत्र १५ देखि २७ चैतसम्म सञ्चानल भएको थियो ।
