
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको असार ९ गते आइतबार १४औं गाउँ सभासुरु भएको छ । आ.व. २०८१-०८२ का लागि कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तजुर्मा समिति संयोजक गणेश राज गिरीले ८०करोड १ लाख अनुमानित बजेट प्रस्तुत गरेको छ ।




कृषिको विविधीकरण ,बजारीकरण ,आधुनिकीकरण यान्तिकिकरण,एवम् ब्यवसायिकरण अभियानलाई प्राथमिकता दिँदै रोजगारी सृजना गर्ने, गुणस्तरीय शिक्षा ,स्वास्थ्य एवम स्वच्छ खानेपानीलाई प्राथमिकता दिदै गाउँपालिकाको बजेटमा कार्यक्रममा समावेश गरिएको छ।

स्वास्थ्य तथा शिक्षा लगायत आधारभुत आवश्यकतामा गाउँबासिको पहुँच स्थापित गराउने विषय बजेटमा उल्लेख छ। साथै सुशासन ,प्रभावकारी सेवा प्रबाह ,सुचना प्रबिधिको बिकास एवम गरिबी निवारण गर्ने विषयमा पनि बजेटमा उल्लेख गरिएको छ।

जसमध्ये कुल खर्चमा चालुतर्फ ३३ करोड ७६ लाख ११ हजार र पूँजीगततर्फ २२ करोड ७२ लाख ६१ हजारको बजेट प्रस्तुत गरिएको हो । यो खर्च सामाजिक सुरक्षा भत्ता बाहेक को रहेको बजेटमा उल्लेख गरिएको छ ।
आयततर्फ आन्तरिक आय ३ करोड ३६ लाख ६० हजार, राजस्व बाँडफाँड अन्तर्गत १२ करोड २२ लाख अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) एक ३७ करोड २३ लाख ८१ ह्जार, अन्तर सरकार वित्तीय हस्तन्तरण (प्रदेश सरकार) २ करोड ८० लाख २० हजार , सरी आएको मौज्दात २ करोड , र सामाजिक सुरक्षा तर्फ २३ करोड ८१ लाख १९ हजार गरेर कुल ८० करोड १ लाख रुपैयाँ बजेट प्रस्तुत गरिएको हो।

त्यस्तै व्ययतर्फ क्षेत्रगत विकास अन्तर्गत आर्थिक विकासतर्फ १ करोड ५० लाख , सामाजिक विकासतर्फ २७ करोड , पूर्वाधार विकासतर्फ १२ करोड १२ लाख ६१ हजार विनियोजन गरिएको छ । सु–शासन तथा अन्तर सम्वन्धिततर्फ ६० लाख विनियोजन गरिएको छ। त्यस्तै कार्यालय संचालन तथा प्रशासनिकतर्फ १५ करोड ५० लाख छुट्याएका छन ।

गाउसभा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यक्षतामा भएको थियो ।