बौनिया । कैलाली  जिल्लाको बर्दगोरिया गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो।


घोषणा कार्यक्रम सहभागिहरुले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्वता समेत गरेका छन्। जिल्ला खोप समन्वय समितिका संयोजक  तथा स्वास्थ सेवा व्यवस्थापक खगराज भुिसाल , गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले संयुक्त पालिकालाई पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरेका हुन्।

पालिकामा १ देखि ६ वटै वडाका शुन्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाहरुले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको बर्दगोरिया गाउँपालिकाले जनाएको छ गाउँपालिकाका अनुसार, अहिलेसम्म पालिकामा ९७ प्रतिशत बालबालिकाले खोपकार्ड पाएको देखिएको छ।

बर्दगोरिया गाउँपालिका, जिल्ला अस्पतालले अनुगमन गर्दा गाँउपालिकाका सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो। अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको भनाइ छ।


स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ।स्वस्थ समाज बनाउन खोप अनिवार्य छ। गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए।