
बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिकामा यही जेठ ३२ गते दोदोधारा अस्पतालमा नि:शुल्क एक दिने आँखा जाच शिविरको आयोजना गरिने भएको छ ।


बर्दगोरिया गाउँपालिका कार्यालयको आयोजनामा, च्यारिटी हेल्थ फाउन्डेसन नेपालको तथा कृष्ण अँखा अस्पताल टिकापुरको प्राविधिक सहयोगमा यही जेठ ३२ गते शुक्रबारका दिन एक दिने नि:शुल्क आँखा चेकजाँच कार्यक्रम हुन लागेको हो ।




गाउँपालिका भित्रका आर्थिक अवस्था कमजोर भइ आँखा चेकजाँच गर्न नसक्ने स्थानीय वासीलाइ सहयोग होस भन्ने उद्देश्यका साथ एक दिने नि:शुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको बर्दगोरिया गाउँपालिका कार्यालयका प्रबत्ता मिथुन गौतमले बताए ।

उनले भने उक्त दिन आँखा चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार नि:शुल्क औषधि, चस्मा वितरण गरिने छ भने नि:शुल्क रुपमा आँखाको सल्यक्रिया समेत गरिने गौतमले बताए ।

