
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेका श्री मिलन कृषक समूह मर्फत किसानलाई यन्त्रिकरण सामाग्री वितरणको कार्य थालिएको छ ।




श्री मिलन कृषक समुहका अध्यक्ष करण चौधरीकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी पुर्व मन्त्री मानिय रामेश्वर चौधरी यस्तै विशिष्ट अतिथिमा कृषि ज्ञान केन्द्र प्रमुख हरि प्रसाद पनेरू अतिथिमा बर्दगोरिया गाउँपालिका वडा न ५ का अध्यक्ष भोलेराम चौधरी , र बर्दगोरिया गाउँपालिका वडा न ३का अध्यक्ष मनऋषि आचार्य ,कृषि ज्ञान केन्द्र प्रतिनिधि धनगढीका राम नारायण चौधरी रहेको थिए ।

कृषि उत्पादनको ठुलो सम्भावना बोकेको बर्दगोरिया गाउँपालिका अन्तरगतका कृषकहरुको प्रोत्साहनका निमित्त तथा कृषिलाई व्यावसायिक बनाउन प्रविधिको प्रयोग गरि यो क्षेत्रमा उत्पादन बढाउने कार्यक्रमको उद्देश्य रहेको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी पुर्व मन्त्री मानिय रामेश्वर चौधरीले बताउनु भयो । प्रदेश सरकारले विभिन्न क्षेत्रमा लगानी गरिरहेको बताउदै पुर्ब मन्त्री चौधरिले आफुले पाएका कृषि सामाग्री लाई आफ्नो जिबिको पार्जनमा टेवा पुग्ने गरि काम गर्न आग्रह गरे । बुधबार भुमि व्यवस्था कृषि तथा सहकारी पुर्व मन्त्री मानिय रामेश्वर चौधरीले किसानलाई कृषि सामाग्री वितरण कार्यको उद्घाटन गरेका छ्न।

बर्दगोरिया गाउँपालिकाका किसानलाई ८ थान टेलिपवार ट्याक्टर, ८ थान इलेक्ट्रोनिक पानी मोटर , ४१थान स्प्रे तेन्की , ६ थान पानी इन्जिन र किसानलाई ८ थान रिफर वितरण गरेको उनले बताए ।

त्यसै गरि कृषि उपकरण अनुदान दिए पछि खुशि हुँदै कृषक अनिल चौधरी कृषिमा थप सहयोग पुगेको बताए । उनले भने “म आधुनिक कृषि खेति गर्छु । कृषि आधुनिक प्रविधिबाट गर्न सके उत्पादन वढि लिन सकिन्छ ।” त्यसै गरि मिलन कृषक समूहका सदस्य राज कुमार चौधरीले जवदेखि पकेट क्षेत्र निर्धारण गरि कृषक समूहलाई अनुदान वितरण गर्न सूरु ग¥यो तव देखि कृषिमा थप उर्जा मिलेको बताए ।
