खेम राज पाण्डेय, भजनी । कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढीको साझेदारिमा संचालिन समावेशी तथा गुणस्तरी शिक्षा परियोजना अन्तरगत केदारेश्वर आधारभूत विद्यालय भजनी १चकुलियाको आयोजनामा पढाइ मेला कार्यक्रम सम्पन्न भएको छ ।

CP-HOSPITAL


पढाइ सस्कृतिको बिकाश गर्ने र स्थानिय प्रतिभालाई उजागरण गर्न मञ्च प्रदान गर्ने उदेश्य लागि आयोजना गरिएको यार्डका फिल्ड अफिर पिताम्बर पौडेलले बताए। उक्त मेलाका प्रमुख अतिथि भजनि नगरपालिका शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह रहनु भएको थियो। अतिथि जनप्रतिनिधि,YARD का फिल्ड अफिसर पिताम्बर पौडेल, विद्यालय प्रधानाध्यापक , विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक, कर्मचारी , पत्रकार , प्रशासन, पढाइ शिबिरका अगुवा सहजकर्ता , शिक्षकहरु सहभागिता रहेको थियो।पढाइ मेलाका सभाध्यक्ष विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सर्प सिंह बोहरा रहनु भएको थियो।

उक्त कार्यक्रमका संचालक सो विद्यालयका प्रधानाध्यापक पद्म राज शाहीले गर्नु भएको थियो ।पढाइ मेलामा पढाइ शिबिरका स्टल राखिएको थियो । स्टलहरुमा पढाइ का सामाग्रीहरु , हस्तकला, बाल किताबहरु , खेलाउनाहरु लगायतका सामाग्रीहरु राखिएको थियो ।