बौनिया । कैलालीमा पछिल्लो केही दिनदेखि गर्मी अत्यधिक बढेपछि बर्दगोरिया गाउँपालिकाले विद्यालयमा बिदा दिइएको छ। केही दिनदेखि बढेको गर्मीका कारण  विद्यार्थीहरुको पठनपाठनमा समस्या भएपछि विद्यालयमा बिदा दिइएको हो।

CP-HOSPITAL



बर्दगोरिया गाउँपालिकाले पालिकाक्षेत्र भित्रका सम्पुर्ण सामुदायिक तथा सस्थागत विद्यालयमा शैक्षिक सत्र २०८१ को बर्षे बिदा बाट  कटौती हुने गरि जेठ १८गतेदेखि २४ गतेसम्म सात दिन सार्बजनिक बिदा दिएकोे निर्णय गर्दै सूचना जारी गरेको छ।