सागर चौधरी /बौनिया ।  सुनचाँदी व्यवसायी संघ, बर्दगोरियाको अध्यक्षमा रण बहादुर सोब (रामविक्रम)  निर्वाचित भएका छन् । 

कैलालीको बौनियामा बिहिबार  भएको संघ बर्दगोरियाको तेस्रो साधारण  सभा र दोस्रो अधिवेशनबाट गौतमको नेतृत्वमा निर्विरोध रूपमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।

बर्दगोरिया सुन चादी व्यावसायि संघका अध्यक्ष राजेश गौतमको अध्यक्षतामा  भएको  कार्यक्रमको प्रमुख  अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए  यस्तै  विशिष्ट अतिथी बर्दगोरिया गाउँपालिकाका उपध्यक्ष  गणेशराज गिरी रहेको थिए भने  अतिथिमा  बर्दगोरिया गाउँपालिका १ न वडा अध्यक्ष मिथुन गौतम , बर्दगोरिया गाउँपालिका २न वडा अध्यक्ष गोबिन्द बि क , सुन चादी व्यावसायि  महासघका प्रवक्ता रुपक  सुनर, सुन चादी व्यावसायिक  महासघका सचिब सकुन्तला सोब, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम रहेका थिए ।

निर्वाचन अधिकृत अधिवक्ता जेठाराका अनुसार संघको कैलाली उपाध्यक्षमा चित्र सदाशंकर र मोतिलाल सुनार  निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा संजीव बि क , सहसचिवमा बिकास बि क, कोषाध्यक्षमा र सह कोषाध्यक्षमा नरेश सुनार निर्वाचित भएका छन् । सदस्यहरूमा गोपाल सुनार, रोशन गौतम, गणेश सुनार, जोसिभ सुनार र  प्रकाश सुनार निर्वाचित भएका छन् ।

बर्दगोरिया सुन चाँदी व्यवसायी सघ कैलालीका अध्यक्ष रण बहादुर सोबले आफू निर्वाचित भएपछि सबैलाई धन्यवाद दिएका छन् । उनले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

अधिवेशनको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष  कर्ण बहादुर कुवरले गरेका हुन् । कुवरले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन्।


अग्रजले परम्परागत रूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा पालिका अध्यक्ष  कुवरले जोड दिए। यस कार्यक्रम संचालन सुन चादी व्यावसायि सघका  उपध्यक्ष चित्र सदा संकर गरेका थिए ।