

खेम राज पाण्डेय, भजनी । कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढीको साझेदारिमा संचालिन समावेशी तथा गुणस्तरी शिक्षा परियोजना अन्तरगत महेन्द्र माध्यमिक बिधालयको आयोजनामा मिति २०८१ जेठ ३ गते भजनि ५ पगिया पसारमा पढाइ मेला कार्यक्रम सम्पन्न भएको छ ।





पढाइ सस्कृतिको बिकाश गर्ने र स्थानिय प्रतिभालाई उजागरण गर्न मञ्च प्रदान गर्ने उदेश्य आयोजना गरिएको यार्डका फिल्ड अफिर पिताम्बर पौडेलले बताए। उक्त मेलाको उद्घाटन सत्रमा प्रमुख अतिथि भजनि नगरपालिका वडा न ५ का वडा सदस्य राजेन्द्र प्रसाद खनाल र बिशिस्ट अतिथि YARD का फिल्ड अफिसर पिताम्बर पौडेल, अतिथि विभिन्न बिधालयका प्रधानाध्यापक , बिधालय ब्यवस्थापन समितिका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, कर्मचारी , पत्रकार , प्रशासन, पढाइ शिबिरका अगुवा सहजकर्ता / सहजकर्ताहरु , शिक्षकहरु रहनु भयको थियो ।




स्वागत मन्तब्य बिधालयका प्र अ कृष्ण बहादुर बुढा र सञ्चालन श्याम बहादुर खत्रीले गरेका थिय। पढाइ मेलामा पढाइ शिबिरका २ वटा र बिधालयका ३ वटा गरि ५ वटा स्टल राखियको थियो । स्टलहरुमा पढाइ का सामाग्रीहरु , हस्तकला, बाल किताबहरु , खेलौना लगायतका सामाग्रीहरु राखियका थियो । यसै बिच पढाइ दौड प्रतियोगिता , गणित दौड र चकलेट दौड प्रतियोगिता भयको थियो ।




यार्डले बिगत १ बर्ष देखि यश क्षत्रमा समाबेशि तथा गुणस्तरीय शिक्षामा काम गर्दै आयको छ ।


