धनगढी । कैलालीको धनगढीमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा आएको छ।

CP-HOSPITAL

धनगढी उपमहानगरपालिका(२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै पेट्रोल पम्प सञ्चालन आएको हो।

निर्माण सम्पन्न भएको सो पेट्रोल पम्पको औपचारिक उद्घाटन एक महिनाभित्रै हुने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिए। उनका अनुसार सो पम्पसहित धनगढीको प्रहरीको गण र महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको भवन पनि सँगै उद्घाटन हुने छ।

नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको धनगढीको सो नमूना पेट्रोल पम्पले २४ घण्टा सेवा प्रदान गर्ने बताइएको छ। एक विघा १८ कट्टा जमिनमा निर्माण गरिएको पेट्रोल पम्प बनाउन साडे ७ करोड रुपैयाँ लागत लागेको थियो ।