बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री  मिलन कृषक समूह मार्फत किसानलाई   धानको बिउँ वितरणको कार्य थालिएको छ ।

श्री मिलन कृषक समुहका अध्यक्ष  करण चौधरीकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था  कृषि तथा सहकारी पुर्व मन्त्री माननिय रामेश्वर चौधरी यस्तै  अतिथिमा बर्दगोरिया गाउँपालिका वडा न ५ का अध्यक्ष भोलेराम चौधरी , वडा न ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु, वडा न ३का अध्यक्ष मनऋषि आचार्य ,कृषि ज्ञान केन्द्र प्रतिनिधि धनगढीका अरुण चपाई , बर्दगोरिया गाउँपालिका कृषि शाखाका प्रतिनिधि रमेश देवकोटा रहेको थिए ।

पछिल्लो समय बर्दगोरियामा गरिदै आएको पुरानो जातको धानको उत्पादनमा ह्रास आउदै गएपछि  नयाँ जातको धान अन्तरगत (सर्जु ५२) जातको बिउँ वितरण गरिएको हो । पछिल्लो समयमा कृषकहरु  धानको बिउँ महगोका कारण किन्न धौधौ हुन्थ्यो त्यो मध्यनजर गर्दै  किसानलाई ५० प्रतिशत अनुदानमा सो बिउँ वितरण गरिएको हो । शुक्रबार भुमि व्यवस्था  कृषि तथा सहकारी पुर्व मन्त्री माननिय रामेश्वर चौधरीले किसानलाई नयाँ जातको धानको बिउँ (सर्जु ५२) वितरण कार्यको उद्घाटन गरेका छ्न ।


जसअनुसार उत्पादनमा राम्रो वृद्धि देखिएपछि किसानको आकर्षण गतवर्ष भन्दा यो वर्ष दोब्बर देखिएको छ । धानको गुणस्तरीय बिउँ उत्पादन क्षमता कम भएको पुरानो बिउँको विस्थापित र  धानमा आत्मनिर्भर बनाउन यसले ठूलो फाइदा पुग्ने पालिका भरिका कृषकहरु लाई ५१० बोरा धान वितरण गरेको भुमि व्यवस्था  कृषि तथा सहकारी पुर्व मन्त्री  चौधरीले बताए ।

बर्दगोरिया गाउँपालिकामा धान खेती  भएपनि बर्षौदेखि एउटै बिउँको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोग किराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउँ उत्पादन गरेर धान उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले यो कार्य थालिएको कृषि ज्ञान केन्द्रका प्रतिनिधि शाखा प्रमुख अरुणले बताए । धान तीन महिनामै तयार  हुने अपेक्षा राखिएको छ । जसले उत्पादन शक्ति बढाउनुका साथै पालिकालाई धानमा आत्मनिर्भर गराउन मद्दत पुर्याउने छ ।