बौनिया ।कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युबा क्लबले आज दोस्रो साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ।




क्लब का अध्यक्ष महेश रावल को सभापतिमा सुरु भएको कार्यक्रममा बेलुवा बिकास समिति का अध्यक्ष जन्मजय रावल प्रमुख अथिति र श्री नारायण आ. बि का शिक्षक अभिभावक संघ का अध्यक्ष अमर शिंन भण्डारी विशिष्ट अथिति रहेका थिए।कार्यक्रममा सहयोगी बेलुवा युवा क्लबले २०८१ साल को भित्ते पात्रो वितरण तथा टिउसन कक्षा को नतिजा प्रकाशन गरेको थियो।




कार्यक्रम को उद्घघाटन सहयोगी बेलुवा युवा क्लबले निर्माण गर्न लागेको चलचित्र को ब्यानर खोलेर, २०८० बैशाख १९ गते देखि २०८१ बैशाख १९ गते सम्म गरेको कार्यक्रम को ब्यानर खोलेर र केक काटेर गर्नु भएको थियो।




कार्यक्रममा प्रमुख अथिति रावलले यस क्लब ले हाम्रो वडामा थुप्रै कार्यक्रम संचालन गरेर हाम्रो वडा लाई तथा हाम्रो गाउँले हरु लाई रमाइलो दिएको छ। हो हामीले यस क्लब लाई गरेको सहयोग पनि पुगेको छैन जस्तो महसुस लागिरहेको छ। अब आउदा दिन मा यस क्लब ले कुनै कार्यक्रम संचालन गर्नु भन्दा आगडी हामी लाई जानकारी गरायो भने हामीले पनि सानो सहयोग गर्ने मौका प्राप्त गर्न सक्थौ जस्तो लाग्छ मलाई।




यसै गरि कार्यक्रम मा विशिष्ट अथिति भण्डारीले भने यस क्लब अहिले हाम्रो वडा को मात्र नभएर पालिका मा पनि निकै ठुलो काम हरु गर्दै आहिरहेको। कार्यक्रम मा क्लब सल्लाहकार सदस्य विकास थापा, शालीमान बोहरा ले आफ्नो मन्तब्य राखेका थिए।
कार्यक्रम को संचालक क्लब कि सचिब आशिका बुढा ले गरेकी हुन् भने क्लब की उपाध्यक्ष पुजा कार्की ले स्वागत मन्तब्य राखेकी हुन।