खेम राज पाण्डेय भजनी । कैलाली को भजनीमा आगलागी भएको छ । भजनी वडा नं ३ धुसी स्थित राष्ट्रिय माविको जमिनमा ठेका दिएको हुलाकि सडक संगै रहेकोे २५ बिगाहा जमिनमा लगाइएको लेप्टिसबारीमा आगलागी भइरहेको छ ।

CP-HOSPITAL


आगलागीको चपेटामा स्थानियको घरहरु समेत परेकाछन ! जनप्रतिनिधि,स्थानीयबासिन्दा,नेपाल रेडक्रस, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले दमकलको सहायताले आगो निभाउने प्रयास जारी राखेतापनी आगो नियन्त्रणमा आउन नसकेको भजनी नगर उपप्रमुख राजु तिरुवाले बताउनु भएको छ।


उहाँका अनुसार सोही ठाउँमा रहेको दिपक सापकोटाको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने अन्य घरहरु पुर्ण जोखीममा रहेकाछन् भने अहिले टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाको संयुक्त दमकल द्वारा आगो नियन्त्रण लिने प्रयास भई रहेको छ।