


सागर चौधरी /बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ६ स्थित पृथ्वीपुर गाउँमा श्रीमद्भागवत कथा हुने भएको छ। पृथ्वीपुर गाउँ समाजको आयोजनामा ७ दिने सुरु हुन लागेको श्रीमद्भागवत बैशाख १५ गते देखि २१ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।




विगत २१ सय वर्ष देखि लाग्दै आएको श्रीमद्भागवत यस पटक भजन किर्तन,रामलीला र भारतको पण्डित द्वारा रामायण कथाको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।




यहाँ पृथ्वीपुर गाउँमा परापुर्बकाल देखिनै श्रीमद्भागवत कथा लाग्ने गरेको छ । पृथ्वीपुर गाउँका भल्मान्साले भने , ‘विशेष त थारुसमुदायमा श्रीमद्भागवत कथा गरेर मात्र खेतीपातीको काम गर्छन् । श्रीमद्भागवत कथा गाउँभरीका समाज सबै मिलेर गराउने गर्छ्न खासमा यसको फाइदा गाउँमा कुनै प्रकारको रोग नहोस , खेतीपातीमा कुनै प्रकारको रोग नआओस , धानबाली राम्रो होस भनेर श्रीमद्भागवत कथा राख्छन् पहिला पहिला हैजा मलेरिया जस्ता रोग लाग्दा खेरी श्रीमद्भागवत कथाको सुरुवात गरेको बताईन्छ छ । तर हल कैलालीका विभिन्न गाउँमा श्रीमद्भागवत कथा नलगाउने प्रबृत्ति धेरै बढिरहेको देखिन्छ ।


