
कैलाली जिल्ला को बर्दगोरिया गाउँपालिका मा रहेको श्री सहयोगी बेलूवा यूवा क्लवले अनलाईन हाजीर जावफ प्रतियोगिता संञ्चालन गर्ने भएको छ ।


आज देखि प्रत्येक शूक्रवार बेलूका ८ बजे क्लवको फेसबुक पेज मार्फत खेल खेलाईने क्लब का अध्यक्ष महेश रावल ले जानकारी दिनू भयो।




बि स २०७९ बैशाख १९ गते का दिनस्थापना भएको उक्त क्वल सांस्कृतिक कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, सरसफाई अभियान , विद्यालय स्तरीय नि मा वी तह हाजीर जावफ प्रतियोगिता,घैटो फोड कार्यक्रम, बालबालिका हरु लाई टिउसन कक्षा संचालन लगायतका बिभीन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको क्लवका सचिव आशिका बुढा को दावी छ ।

बर्दगोरिया गाउपालिका वडा नम्बर ५ मा अवस्थित यस क्लवले बौनिया मा रहेको श्री आदर्श सामूदायिक बिधा मन्दिर को आर्थिक सहयोगमा अनलाईन हाजिर जवाफ प्रतियोगिता सूरू गरेको हो । सबै भन्दा धेरै प्रश्न को जवाफ दिने प्रतियोगी लाई एक सय को रिचार्ज र त्यस पछि दोश्रो लाई रु ५० को रिचार्ज मार्फत पुरुस्कार गर्ने उपाध्यक्ष पूजा कार्कि ले बताईन साथै पूरूस्कार व्यवस्था गर्नू भएको मा आदर्श सामूदायिक बिधा मन्दिर का प्रिंसीपल बिकास थापा सर लाई धन्यवाद व्यक्त गर्नू भएको छ।
