



धनगढी । बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । कैलालीको धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको सुई लगाएपछि मृत्यु भएको आफन्तले बताएका छन ।




आफन्त मनीषा चौधरीका अनुसार सिताले बिरालोले नङमा कोपरे पछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन । दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो ।




अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ । तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ ।



